शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फिल्म ‘प्रेमनाथ’ डिजिटल रिलिज हुने

मङ्गलबार, १२ साउन २०७८, १० : ४१
मङ्गलबार, १२ साउन २०७८

फिल्म ‘प्रेमनाथ’ डिजिटल रिलिज हुने भएको छ । प्रेमकथामा बनेको यो फिल्म डिसहोम, नेट टिभी लगायत करिव आधा दर्जन प्लेटफर्मबाट एकसाथ रिलिज हुने भएको हो । बुढासुब्बा डिजिटलले करिब आधा दर्जन डिटिजल प्लेटफर्मबाट फिल्म रिलिज गर्न लागेको निर्माता निर्देशक गणेश बेल्वासेले जनाकारी दिए ।

पहिलो चरणको कोरोनाको कहरका कारण सार्वजनिक प्रदर्शनमा आउँन नसकेको फिल्म अहिले डिजिटल रिलिज गर्न लागिएको हो । ‘फिल्म विभिन्न डिजिटल प्लेटफमबाट ल्याउदा पनि लगानी सुरक्षित हुने देखेर रिलिज गर्न लागेको हो’ निर्माता निर्देशक बेल्वासे भने ‘अझै केही बर्ष फिल्म हलमा रिलिज हुने अवस्था छैन । यस्तो बेला फिल्म त्यसै थन्काएर राख्नु भन्दा डिजिटल प्लेटफर्म उपयुक्त हो ।’ लगानी पनि सुरक्षित हुने र फिल्म पनि परानो नहुने देखेर फिल्म रिलिज गर्न लागेको बेल्वासेको भनाइ छ ।

२५ सय बर्ष अगाडिको प्रेमकथा दाबी गरिएको सुरवीर पण्डित, गजित बिष्ट, नवीन श्रेष्ठ, कमल गाउँले, गणेश बेल्वासे, मियुम जिरेल, शेखरजंग मल्ल, सम्झना भेटवाल, पूजा रिजाल, सिर्जना राईलगायतको अभिनय रहेको छ ।

२२ चैत्रबाट प्रदर्शनमा आउने फिल्मबाट कृति गौतम र मोनालिशा विष्टले अभिनयमा डेब्यु गरेका छन् । काठमाडौं, लुम्बिनी, रोल्पा, लखनउ, दाङ लगायतका स्थानमा छायाँकन भएको फिल्मका निर्माता गुहेश्वरी बेलबासे हुन् । कपिलप्रसाद दवा कार्यकारी निर्माता रहेको फिल्ममा सह–निर्माताको रुपमा बसन्तराज भट्ट र मिलन राई समेत रहेका छन् । ‘प्रेमनाथ’का द्वन्द्व निर्देशक भरत क्षेत्री हुन् । फिल्मको संगीतकारमा सन्तोष श्रेष्ठ, भुपु पाण्डे र एसडी योगी रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप