बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मंगलबार तपाईंको भाग्यफल कस्तो छ ?

मङ्गलबार, १२ साउन २०७८, ०६ : १८
मङ्गलबार, १२ साउन २०७८

विसं २०७८ साल साउन १२ गते । मङ्गलबार । इस्वी सन् २०२१ जुलाई २७ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि–चतुर्थी, ५७ घडी २९ पला,  रातको ०४ बजेर २४ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र– शतभिषा, १८ घडी ३९ पला, मध्यान्ह १२ बजेर ५२ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग–शोभन,  ४८ घडी ०४ पला, रातको १२ बजेर ३८ मिनेट उप्रान्त अतिगण्ड । करण– बव, बेलुकी ०४ बजेर २७ मिनेट उप्रान्त बालव,  रातको ०४ बजेर २४ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मृत्य योग । चन्द्रराशि–कुम्भ । 

काठमाडौँमा सूर्याेदय ०५ बजेर २५ मिनेट, सूर्यास्त १८ बजेर ५४ मिनेट । दिनमान ३३ घडी ४४ पला । गणेष चौथीव्रत । पञ्चक ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रेममा सफलता प्राप्त हुनेछ भने पतिपत्नीबीच विश्वासको वातावरण बढेर जानेछ । विद्यामा राम्रो प्रगति हुनाले पढाइ लेखाइमा मन जानेछ । विभिन्न अवसरहरूले पछ्याउने हुँदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ । सरकारी सम्पत्ति तथा पैत्रिक सम्पत्ति हातलागी हुने प्रशस्त सम्भावना रहेको छ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो)
बुवा तथा आफन्तबाट सहयोग पाइने हुनाले महत्त्वपूर्ण कामहरू समयमा नै फत्ते गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलार्ई किनारा लगाउँदै प्रगति पथमा अगाडि बढ्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूले राज्यबाट पद प्रतिष्ठा पाउने ग्रहयोग रहेको छ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)
अध्ययन अध्यापनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । प्रणय सम्बन्धमा आत्मीयताको विकास हुनेछ भने घर परिवारमा सबैसँग सौहार्दपूर्ण सम्बन्ध स्थापना गर्न सकिनेछ । धर्मकर्ममा समय दिन सकिने हुनाले मन शान्त रहनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईंको वर्चस्व कायम रहेनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
मायाप्रेम तथा पतिपत्नीबीच केही विषयमा मनमुटाव बढ्नेछ । विद्या तथा प्रतिस्पर्धामा अरूभन्दा पछि परेको भान हुनेछ । धनमाल हराउन तथा लुटिन सक्छ, सजक रहनुहोला । कामका सवालमा उठ्ने गोप्य कुराहरू बाहिर आउन सक्ने हुनाले सजक रहनुपर्नेछ । दिदी बहिनीसँग मनमुटाव बढ्नेछ भने समयमा काम नसकिने हुँदा मानसिक चिन्ता बढ्नेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टू, टे)
विद्या तपाईंले सोचेजस्तै राम्रो हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्राप्तिको गतिलो योग रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरू जनमानसमा लैजान सकिनेछ । पारिवारिक सम्बन्ध, दाम्पत्य जीवन तथा माया प्रेममा सामीप्यता बढेर जानेछ । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
प्रेममा सामीप्यता बढेर जानेछ । पुरानो रोग तथा स्वास्थ्यसम्बन्धी समस्या हल भएर जानेछ । विद्यामा गरेको लगानीबाट राम्रै प्रतिफल पाइने योग रहेको छ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ । वादविवाद तथा प्रतिस्पर्धामा तपाईंकै जित हुने तथा शत्रु परास्त हुनेछन् । न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईंकै पक्षमा हुनेछन् ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
पढाइ लेखाइमा सुधार भएर जानेछ भने प्रविधिको प्रयोगमार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । आकस्मिक धन तथा सम्पत्ति लाभ हुनेयोग रहेको छ भने सेयर बजार तथा सट्टाको व्यावसायबाट प्रसस्त नाफा कमाउन सकिनेछ । भौतिक सम्पत्ति तथा विलाशी वस्तुहरूको प्रयोग गर्न पाइने  हुनाले मन प्रसन्न हुनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने तथा मायामा सामीप्यता बढेर जानेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु)
राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले जनताको आलोचनात्मक समर्थन पाउने योग रहेको छ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आफन्तसँग टाढिएर लामो दूरीको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । विभिन्न अवसर आए पनि ती अवसरको सही तरिकाले सदुपयोग गर्न नसक्दा समयले तपाईंलाई पछाडि छोड्नेछ । व्यापार व्यावसायमा आम्दानी कम हुनेछ भने खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न कठिनाइ हुनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सुखी रहनेछ । आफन्त तथा शुभचिन्तकहरूको सहयोग तथा समर्थन पाइन ग्रहयोग रहेको छ । दाजुभाइहरूसँगको सम्बन्धमा नयाँपनको विकास हुनेछ । लेख तथा रचनाहरू सामाजिक सञ्जालमार्फत जनमानसमा लैजान सकिनेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी)
अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जाने तथा पतिपत्नीबीच विश्वासको वातावरण बढ्नेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्य आम्दानी गर्न सकिनेछ । आत्मीय मित्र तथा साथीभाइहरूको सहयोगले सकारात्मक काम गर्न सकिनेछ ।  

कुम्भ (गु, गे, गो, सा, सी, सू, से, सो, दा)
रोकिएर बसेका काम सजिलै सम्पादन गर्न सकिनेछ । विद्यार्थीहरूले आफ्नो प्रतिस्पर्धीहरूलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ ।  सुन्दर तथा विलाशी वस्तुको प्रयोगमार्फत अरूको मन आफूतिर खिच्न सकिनेछ । सामाजिक कामहरू समयमा गर्न सकिने हुँदा मानसम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
व्यापारमा लगानी गर्ने समय नरहेकाले केही समय पर्ख र हेरको रणनीति अपनाउनुहोला । माया प्रेममा अरूकै नकारात्मक टीकाटिप्पणीले मनमुटाव बढ्ने योग रहेको छ भने पतिपत्नीबीच अविश्वास बढ्ने योग रहेको छ । खानपानमा ध्यान दिनुहोला समान्य स्वास्थ्यसम्बन्धी समस्या आउनेछ । आफन्त तथा परिवारकै सदस्यहरूबाट सहयोग नपाइने हुँदा कामहरू थाती रहनेछ ।

तपाईंको दिन शुभ रहोस् ।
युवा ज्योतिषी भीण्डारी ।
ज्योतिष परामर्ष सेवा केन्द्र ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप