नेपालले वार्षिक २८ करोड बढीको तास खरिद गर्छ : भन्सार विभाग
सुन्दा अचम्म लाग्न सक्छ । तास खरिदमा मात्र नेपालले एक वर्षमा साढे २८ करोड रुपैयाँ माथि खर्चिन्छ भन्दा । तर यो कुरा सत्य हो । गत आर्थिक वर्ष २०७७/७८ को १२ महिनामा मात्र नेपालले विभिन्न मुलुकहरूबाट गरी साढे २८ करोड रुपैयाँ माथिको (प्ले कार्ड) खेल्ने तास खरिद गरेको छ ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म विभिन्न मुलुकहरूबाट गरी नेपालले कुल २८ करोड ६२ लाख ६४ हजार रुपैयाँ बराबरको १ करोड ३९ लाख ६९ हजार १३५ गोटा तास खरिद गरेको छ । जसबाट सरकारलाई समेत आर्थिक वर्षमा कुल १५ करोड ४८ लाख ५९ हजार रुपैयाँ राजस्व उठेको छ ।
मुख्यगरी चीन, अमेरिका, भारतबाट ठूलो परिमाणमा तास नेपाल आयात हुने गरेकोमा धेरथोर अष्ट्रेलिया, ब्राजिल, मलेसिया, सिंगापुर तथा इजरायलबाट समेत आयात हुने गरेको विभागको तथ्याङ्कले देखाएको छ । विभागका अनुसार आर्थिक वर्षमा सबैभन्दा बढी चीनबाट २६ करोड ३२ लाख ४ हजार रुपैयाँ बराबरको १ करोड २५ लाख ९६ हजार ९९१ गोटा तास नेपाल आयात भएको छ ।
यस्तै, यो बाहेक डिजिटल (भिडियो) गेमिङ्ग तथा गेम खेलाउन प्रयोग हुने मेसिनहरुको समेत आर्थिक वर्षमा उल्लेखनीय आयात भएको विभागले जनाएको छ । यस्तो भिडियो गेमिङ्गका सामग्रीहरु चालू आर्थिक वर्षको १२ महिनामा अधिकतम ३९ लाख २४ हजार रुपैयाँ बराबरको १६ हजार ७१० गोटा आयात भएको विभागद्वारा जारी तथ्याङ्क जनाइएको छ । जसबाट सरकारलाई १२ लाख ५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
-
सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो
-
स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा सरकारको उपेक्षा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने