सुदूरपश्चिममा कोरोना संक्रमित बढ्न थाले
सोमबार, ११ साउन २०७८, २२ : २१
पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण दर बढन थालेको छ । पछिल्लो २४ घण्टामा मात्र ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
एन्टिजेन बिधिबाट ४५० नमुना परीक्षण गर्दा १५ जना र पिसिआर बिधिबाट ३४५ नमुना परीक्षण गर्दा ५१ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जानकारी दिएको छ ।
सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले पछिल्लो समय प्रदेशमा कारोना संक्रमण दर बढेको देखिएको बताए ।
‘केही समय कम भएको थियो । तर केही दिनयता संक्रमण दर बढ्न थालेको छ’, उनले भने। प्रदेशमा हालसम्म एन्टिजेन बिधिबाट ८७ हजार ८०८ नमुना परीक्षण गर्दा ८ हजार ८ सय ७७ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यस्तै पिसिआर बिधिबाट १ लाख ९७ हजार ४ सय ३९ नमुना परीक्षण गर्दा ३६ हजार जामा २३ कोरोना पोजेटिभ देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशमा मन्त्री बनाउने दौड
-
उद्योगी व्यवसायीको हितका लागि नीतिगत सुधारको अभियानमा छु : मन्त्री भण्डारी
-
सत्तारुढ गठबन्धन र कांग्रेसबिच संसदीय छानबिन समिति गठन गर्ने सहमति
-
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
-
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
-
तलब बढाउन नेपाल राष्ट्रिय कर्मचारी संगठनको माग