सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी ऐन ल्याउन व्यवसायीको माग
सोमबार, ११ साउन २०७८, २० : ३०
सुनचाँदी व्यवसायी महासङ्घले प्रस्ट ऐन तथा नीति निर्देशिकाको अभावमा व्यवसाय सञ्चालनमा कठिनाइ उत्पन्न भएको भन्दै यथाशीघ्र नीतिगत व्यवस्था गरिदिन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् ।
महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्दै सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी प्रस्ट ऐन ल्याउन आग्रह गरेका हुन् । प्रधानमन्त्री देउवाले सुनचाँदी व्यवसायी महासङ्घले राखेका माग सम्बोधन गर्न पहल गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
पत्रकार महासंघको निर्वाचन : रातोपाटीकर्मीहरु निर्वाचित
-
चीनमा मासु निर्यात सहज बनाउन खोरेत रोग नियन्त्रणको अभियानमा छौँ : महानिर्देशक दाहाल
-
अर्थ समितिमा बारम्बार कोरम नपुग्ने समस्या, बैठक गलफतीमै सीमित
-
एसियाली विकास बैंकविरुद्ध काठमाडौँमा शान्तिपूर्ण प्रदर्शन
-
महिला प्रिमियर लिगको अक्सनमा चर्चा कमाउने यी अनक्याप्ड खेलाडी