शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अर्घाखाँचीमा करेन्ट लागेर महिलाको मृत्यु

सोमबार, ११ साउन २०७८, २० : २३
सोमबार, ११ साउन २०७८

अर्घाखाँचीमा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।  जिल्लाको छत्रदेव गाउँपालिका–६  की ४८ बर्षीया कमला रानाको करेन्ट लागेर मृत्यु भएको हो ।

घरको कुटानी पिसानी मिलमा मकै पिस्ने क्रममा चिसो हातले मिलको फलाममा छुँदा करेन्ट लागेर गम्भीर घाइते उनको अस्पताल ल्याउने क्रममा उनको मृत्यु भएको हो ।

उनको शव पोष्टमार्टम गरि परिवारजनलाई बुझाइएको अर्घाखाँचीका प्रहरी प्रमुख अमर थापा क्षेत्रीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप