प्रदेश १ मा एकैदिन १ हजार बढीमा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ११६ जनामा कोरोना संक्रमण देखिएको छ । २ हजार १२६ जनाको पीसीआर परीक्षणमा ५४२ र १ हजार ८२१ जनाको एन्टिजेन परीक्षणमा ५७४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २४९, मोरङमा १४४, सुनसरीमा १०४, धनकुटामा १९, इलाममा ७, उदयपुरमा ४, पाँचथर, ताप्लेजुङमा ३, सङ्खुवासभा र तेह्रथुममा २–२, भोजपुरमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको छ ।
झापाको बिर्तामोडमा ५६, दमकमा ५३, भद्रपुरमा ३८, कनकाईमा २५, शिवसताक्षी र अर्जुनधारामा १७–१७, बुद्धशान्ति, कमल गाउँपालिका र स्थानीय तह नखुलेका ७–७, मेचीनगरमा १५, हल्दिबारीमा ३, बा¥हदशीमा २, गौरीगञ्ज र गौरादहमा १–१, मोरङको विराटनगरमा ७३, बेलबारीमा २४, उर्लाबारीमा १०, पथरीशनिश्चरेमा ९, सुन्दरहरैचामा ६, लेटाङमा ५, कानेपोखरीमा ४, जदहामा २, ग्रामथान, कटहरी, केराबारी, रंगेली, धनपालथान, रतुवामाई, मिक्लाजुङ र सुनबर्षीमा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै स्थानीय तह नखुलेका ३, सुनसरीको धरानमा ५५, इटहरीमा ३४, हरिनगर, रामधुनी र इनरुवामा २–२, दुहवी र कोशी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ७, धनकुटाको धनकुटा नगरपालिकामा १५, महालक्ष्मी र साँघुरीगढीमा १–१, स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिकामा ५, सुर्योदय र माईमा १–१, उदयपुरको त्रियुगामा २, बेलका र कटारीमा १–१, पाँचथरको फिदिममा २, ताप्लेजुङको फालेलुङ, याङवरक र स्थानीय तह नखुलेका १–१ , संखुवासभाको धर्मदेवी र खाँदबारीमा १–१, तेह्रथुमको आठराई त्रिवेणी र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिकामा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज २९१ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १२१ म्हिला र १७० पुरुष रहेका छन् । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । मृृत्यु हुनेमा ६ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठूला योजनामा लगानी जुटाउन वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक संसदमा पेश
-
राहुल र पोरेल चम्किएपछि आईपीएलमा दिल्लीको शानदार जित
-
बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?