शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अब ऋण सम्बन्धी सम्पूर्ण कार्य विद्युतिय माध्यमबाटै

सोमबार, ११ साउन २०७८, १८ : १९
सोमबार, ११ साउन २०७८

काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले डिजिहबको भगिनी संस्था एसबी सलुसनसँग सहकार्य गरेर ऋण सम्बन्धी सम्पूर्ण कार्य (क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणाली)लाई लाइभ गरेको छ । यसले आन्तरिक ऋण कार्य, जोखिम मूल्याङ्कन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ ।

प्रोग्रेसिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाई र एसबी सल्युसनका प्रमुख कार्यकारी अधिकृत सन्जोग मिश्र उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । 

क्रेडिट–एक्स (ऋण अटोमेसन प्रणाली)को थालनीसँगै, बैंकहरूले पूर्ण रूपमा कागज बिनै ऋण कार्यप्रवाह गर्न सक्षम हुनेछन् । यसले प्रणाली भित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पु¥याउँनेछ । यो नयाँ तरिकाले बैंकलाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ । प्रणालीले जमानत र गैर जमानत बेस लोन पनि प्रोसेस गर्ने गर्दछ ।

ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्र्तगत रहेको रेटिङको दृष्टिकोणमा निर्माण गरिएको संस्थाले जनाएको छ । यो स्वायत्त सिस्टम प्रणालीले संचालित ग्राहकको उद्देश्य मूल्याङ्कनका साथसाथै विषयगत प्यारामिटरहरूको मानकिकरणको रुपमा पनि रहेको छ । यस नयाँ प्रणाली कार्यान्वयन भए साथै बैंक र अन्तका उपभोक्ताहरूले प्रशोधन र स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशत भन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउनेछन् । 

प्रोग्रेसिभ फाइनान्स, राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त संस्था हो । एस.बी. सोलुसन्स्ले डिजिहबसँगको सहकार्यमा बैंक तथा बित्तीय संस्थाहरुमा कर्जा पक्रियालाई अटोमेशन तथा डिजिटाइजेशन गर्न क्रेडिट–एक्स नामक सफ्टवेयर जडान तथा इम्पिलीमेन्टेसन गर्दै आइरहेको जनाएको छ । साथै पेमेन्ट अटोमेसन, एपीआई सर्भिसेस अटोमेसन तथा डिजिटाइजेसनको कामहरु पनि गर्दै आइरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप