शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा एक महिला मृत भेटिइन्

सोमबार, ११ साउन २०७८, १८ : १८
सोमबार, ११ साउन २०७८

पोखरामा एक महिला मृत फेला परेकी छन् । पोखरा महानगरपालिका–१५ अमिनतहरास्थित सेती नदी किनारमा अन्दाजी २५÷३० वर्षकी महिला मृत अवस्थामा फेला परेकी हुन् । सोमबार बिहान मृत अवस्थामा भेटिएकी महिलाको पहिचान नखुलेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

घटनाको जानकारी लगत्तै विशेषज्ञ सहितको प्रहरीको टोलीले शव निकालेर अनुसन्धान कार्य शुरु गरेको जनाएको प्रहरीले जनाएको छ । मृतक महिलाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।  घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक पौडेलले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप