आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

करण चौधरीद्वारा नाडाको भावी अध्यक्षको उम्मेदवारी घोषणा

सोमबार, ११ साउन २०७८, १७ : ५६
सोमबार, ११ साउन २०७८

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको भावी नेतृत्वका लागि व्यवसायी करण चौधरीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । सोमबार आफ्नो आधिकारिक फेसबुक (सामाजिक सञ्जाल) मार्फत सूचना सम्प्रेषण गर्दै चौधरीले नाडाको भावी अध्यक्षको लागि आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन् । 

फेसबुक स्टाटसमार्फत चौधरीले भनेका छन्, ‘नाडा अटोमोबाइल एसोसिएसन आफ नेपाल’ एक शिखर संस्था हो । जसले नेपालमा अटोमोबाइल उद्योगको सुधारको लागि काम गरिरहेको छ । जुन संस्थामा म अनवरत रुपमा एक दशकभन्दा बढी समयदेखि क्रियाशील छु ।’

हाल नाडाको उपाध्यक्ष समेत रहेका चौधरीले आफ्नो स्टाटस् मार्फत भनेका छन्, ‘कोभिड–१९ ले अटोमोबाइलका साथै सम्पूर्ण राष्ट्रिय अर्थतन्त्रमा समस्या निम्त्याएको छ । मलाई विश्वास छ कि, अटोमोबाइल क्षेत्रले राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ । र यो पनि विश्वास गर्दछु कि यस उद्योगमा संलग्न सबैले यस साझा लक्ष्यमा सँगै मिलेर काम गर्नुपर्दछ । यसले नयाँ विचारहरू, पहलहरू, र नवीनता ल्याउने छ । जसका लागि म यो कुरामा म दृढ विश्वास गर्छु कि थप मेरो नेतृत्वले यसलाई थप उचाई दिनेछ । समग्र अटोमोबाइल क्षेत्रको वृद्धि विकास एवं सुधारका खातिर नयाँ परिवर्तन ल्याउने र नयाँ पन थप्ने उद्देश्य साथ म नाडाको भावी नेतृत्वका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गर्दछु । मेरो उम्मेदवारीमा तपाईहरु सबैको साथ र सहयोग रहनेमा म विश्वस्त छु ।’ 

हाल नाडाका उपाध्यक्ष समेत रहेका चौधरी, चौधरी ग्रुप अफ कम्पनी अन्तर्गतको चारपाङ्ग्रे गाडी हेर्ने सिसी मोटो कर्पका प्रवन्ध निर्देशक रहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप