बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
सोमबार, ११ साउन २०७८, १७ : ४४

काठमाडौंबाट बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी तनहुँ व्याँस नगरपालिका ९ घर भएकी ४५ वर्षीया शोभा गुरुङलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७७ चैत ३० गतेको फैसलाले १४ दिन कैद र १३ लाख ७० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जबाट खटिएको प्रहरीले ललितपुर कुपण्डोलबाट पक्राउ गरेको हो ।
गुरुङले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको अवस्थामा पीडितलाई झुक्याएर सानिमा बिकास बैंकको चेक काटेर दिएको प्रहरीको आरोप छ । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा बुझाइएको ब्यूरोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्फाको साधारणसभामा गणेश थापालाई प्रवेश गर्न नदिएपछि झडप
-
दाइजोप्रथा अन्त्यका लागि कानुन बनाएर तत्काल कार्यान्वयन गर्नुपर्छ : मीना यादव
-
‘चीन–रसिया सहकार्यले अन्तर्राष्ट्रिय न्यायको रक्षा गर्ने’
-
देवानगञ्ज : कृषि क्रान्तिको भूमि, जहाँ एक कट्ठा जमिन पनि छैन बाँझो
-
तरकारीको गाडीबाट प्रहरीले पैसा उठाएको गुनासो आएको छ
-
दुई पूर्वविजेता इङ्लिस क्लब म्यान युनाइटेड र टोट्टनहामबिच उपाधि भिडन्त