ह्वात्तै बढे कोरोना संक्रमित, अघिल्लो दिनको तुलनामा ११८४ संक्रमित बढी
सोमबार, ११ साउन २०७८, २२ : ३१
पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ह्वात्तै बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार २७२ जनाको स्वाब परीक्षण गर्दा ३४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो अघिल्लो तुलनामा ११८४ जना धेरै संक्रमित संख्या हो ।
अघिल्लो दिन अर्थात आइतबार देशभर २२३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अघिल्लो दिन परीक्षण भने केही अर्थात देशभर १३ हजार ८३४ जनाको स्वाब परीक्षण भएको थियो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ सय ८६ जना संक्रमणमुक्त भएका छन् भने २५ जनाले ज्यान गुमाएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ६ लाख ८२ हजार ९४७ जना पुगेको छ भने एन्टिजेनबाट ५५ हजार ९७१ पुगेको छ । यस्तै संक्रमितमध्ये ६ लाख ४५ हजार ३०१ जना निको भएका छन् ।
यस्तै हालसम्म मृतकको कुल संख्या ९ हजार ७३८ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रवि–बालेनकाे चेतावनीदेखि तत्कालका लागि वाम एकतामा पूर्णविरामसम्म
-
खाएको बिल नतिरेर होटलवालाई धम्की दिने एक जना पक्राउ
-
पाइलटले तालिम लिइरहँदा विमान दुर्घटना
-
पत्रकार महासङ्घ रुपन्देहीद्वारा ३ जना पत्रकार पुरस्कृत
-
बढ्दो सहरीकरणसँगै उपत्यकामा धान रोप्ने ठाउँको अभाव
-
विद्यार्थी सङ्गठनको संरचना हटाउने पत्राचारमा स्ववियुकाे आपत्ति, भन्याे– विश्वविद्यालयलाई सरकारको छाया बनाउन खोजियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण