ह्वात्तै बढे कोरोना संक्रमित, अघिल्लो दिनको तुलनामा ११८४ संक्रमित बढी
सोमबार, ११ साउन २०७८, २२ : ३१

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ह्वात्तै बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार २७२ जनाको स्वाब परीक्षण गर्दा ३४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो अघिल्लो तुलनामा ११८४ जना धेरै संक्रमित संख्या हो ।
अघिल्लो दिन अर्थात आइतबार देशभर २२३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अघिल्लो दिन परीक्षण भने केही अर्थात देशभर १३ हजार ८३४ जनाको स्वाब परीक्षण भएको थियो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ सय ८६ जना संक्रमणमुक्त भएका छन् भने २५ जनाले ज्यान गुमाएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ६ लाख ८२ हजार ९४७ जना पुगेको छ भने एन्टिजेनबाट ५५ हजार ९७१ पुगेको छ । यस्तै संक्रमितमध्ये ६ लाख ४५ हजार ३०१ जना निको भएका छन् ।
यस्तै हालसम्म मृतकको कुल संख्या ९ हजार ७३८ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पा र गुल्मीको सङ्गमस्थल रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म