शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

खगेन्द्र संग्रौलालाई महेश बस्नेतको जवाफ : युथ फोर्सले पृथ्वीनारायणको दिव्य उपदेशको फलो गर्नेछ

सोमबार, ११ साउन २०७८, १६ : ३३
सोमबार, ११ साउन २०७८

नेकपा एमालेका नेता महेश बस्नेतले आफुले खगेन्द्र संग्रौलालाई धम्की नदिएको दावी गरेका छन् । एमाले ओली निकट मानिएका बस्नेतले आफुलाई धम्की दिएको संग्रौलाले सामाजिक सञ्जालमार्फत खुलासा गरेका थिए । त्यसको जवाफ दिँदै बस्नेतले सोमबार सामाजिक सञ्जालमा भनेका छन्– ‘खगेन्द्र संग्रौला बाजेले आज फेरि अर्को गफ दिएछन् । गाली शिरोमणिको उपमा पाएका बाजे अरुलाई होच्याउन र अपमान गर्न निकै सिपालु मानिन्छन् ।’

त्यस्तै बस्नेतले आफु भक्तपुरको असल संस्कारयुक्त परिवारमा हुर्केको दावी पनि गरेका छन् । ‘म भक्तपुरको असल संस्कारयुक्त परिवारमा  हुर्केको मान्छे हुँ । राजनीतिक रुपमा पनि जेष्ठ नागरिक र अग्रजहरुको सम्मान गर्ने एमाले उक्त पार्टीका नेताहरु मनमोहन अधिकारी र केपी  ओलीको अनुयायी हुँ । सेवा र आदरभावका साथ प्रस्तुत हुनु मेरो स्वभाव हो । धम्क्याउने थर्काउने मेरो शैली होइन’ बस्नेतले प्रस्टिकरण दिएका छन् ।  

उनले भनेका छन्, ‘जहाँसम्म अस्ति ९ गते उपत्यका युथ फोर्स कमान्ड घोषणा सभामा मैले बोलेको बिषय छ । न खगेन्द्र बाजेलाई धम्की दिएको छ । न माधव नेपाल कमरेडलाई थर्काएको छ । न तेसो गर्न आवश्यक नै छ ।’

बस्नेतले थप भनेका छन्, ‘युथ फोर्सले ‘जाई कटक नगर्नु झिकी कटक गर्नु’ भन्ने पृथ्वीनारायण शाहको दिव्य उपदेशको फलो गर्नेछ । सहज ढंगले आफ्नो लक्ष्यमा हिँड्नेछ । वाधा अडचन आइपरेमा मात्र हटाउनेछ । एमालेको पंक्ति र जनतासँग शत्रुता साँध्ने शक्तिबाहेक कोही त्रसित हुन अनावश्यक छैन । युथ फोर्सको गठनले असहाय, पीडित, गरिब, देशभक्त, प्रगतिशील र जनवादी शक्ति उत्साहित भएको छ । बाँकी कनफ्युजन हटाउन मैले बोलेको सुन्नुहोला ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप