जसपाको कार्यकारिणी समितिमा उपेन्द्रको पक्षमा ३४ र महन्थको पक्षमा १६ जना
जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिमा महन्थ ठाकुर पक्षको तुलनामा उपेन्द्र यादव पक्षमा दोब्बरभन्दा बढी सदस्य देखिएका छन् ।
निर्वाचन आयोगले सोमबार सनाखतका लागि जसपा नेपालका कार्यकारिणी सदस्यहरुलाई आयोगमा बोलाएको थियो । सोही अनुसार आयोगमा उपस्थित भएका ५१ कार्यकारिणी समिति सदस्यमध्ये उपेन्द्र यादवको पक्षमा ३४ जनाले समर्थन जनाएको आयोग स्रोतले जानकारी दिएको छ ।
यस्तै, महन्थ ठाकुरको पक्षमा भने १६ जनामात्र छन् । जसपाका कार्यकारिणी समिति सदस्य रेशम चौधरी भने तटस्थ रहे । उनले कसैको पनि पक्ष र विपक्षमा आफू नरहेको भन्दै तटस्थ रहने निर्णय गरेका हुन् । यद्यपि कार्यकारिणी समिति सदस्यहरुको मत विभाजनबारे आयोगले आधिकारिक रुपमा केही खुलाएको छैन ।
निर्वाचन आयोगमा विचाराधीन रहेको जसपाको आधिकारिकता सम्बन्धी मुद्दामा आयोगले आजै फैसला दिने अपेक्षा गरिएको छ । जसपाका नेता तथा कार्यकर्ताहरु आयोगको फैसलाको प्रतिक्षामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण