बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

माधव समूहको बैठक चार घण्टादेखि जारी

सोमबार, ११ साउन २०७८, १५ : ४८
सोमबार, ११ साउन २०७८

नेकपा एमाले माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक चार घण्टादेखि जारी छ । बिहान सवा ११ बजेबाट सुरु भएको बैठक अहिलेसम्म जारी रहेको हो । नयाँ बानेश्वरको एक होटलमा जारी बैठकको सुरुमा यसअघि एमाले विवाद समाधान गर्न गठित कार्यदलका सदस्यहरुले तयार पारेको १० बुँदे एकता प्रस्तावबारे ब्रिफिङ गरेका छन् । त्यसपछि वरिष्ठ नेता माधवकुमार नेपालले धारणा राख्ने कार्यक्रम रहेको छ । 

नेता रघु पन्तले आजको बैठकमा पार्टी एकता कायम राख्ने सन्दर्भमा छलफल जारी रहेको बताए ।  माधव पक्षीय कार्यदलका सदस्यहरुले नेता नेपाललाई पार्टी एकताका लागि १० बुँदे सहमति कार्यान्वयन गर्न आग्रह गर्दै आएका छन् । तर नेता नेपाल कार्यदलको प्रस्तावमा आफुहरुले अघि सार्दै आएका मुद्दाहरु सम्बोधन नभएकाले त्यतिकै भरमा ओलीसँग एकता गर्ने पक्षमा देखिएका छैनन् । कार्यदलको १० बुँदे प्रस्तावपछि पनि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच टकराव कायमै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप