नेप्सेमा ८.२४ अंकको करेक्सन, कारोबार रकम भने उस्तै

सोमबार सेयर बजार परिसूचक नेप्सेमा ८.२४ अंकको करेक्सन आएको छ । केही दिनयता क्रमिक रुपमा उकालो यात्रामा रहेको नेप्सेमा सोमबार ८.२४ अंकले घटेर ३ हजार ५०.४२ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत २.९३ अंकले घटेर ५७१.१० विन्दुमा झर्न पुगेको छ ।
गत आइतबार एकैदिन नेप्से परिसूचक अधिकतम ५४.३१ अंकले बढेर ३ हजार ५८.६३ विन्दुमा पुगेको थियो । नेप्सेका अनुसार यसदिन बैंकिङ्ग, विकास बैंक, म्युचुअल फण्ड तथा इन्भेष्टमेन्ट समूह बाहेकका सबैजसो समूहहरु पोजेटिभ हुँदा पनि बजार ८ अंक माथिले गिरावट आएको हो । यद्यपि गत आइतबारको तुलनामा कारोबार रकममा भने खासै गिरावट आएको छैन ।
नेप्सेका अनुसार यसदिन कुल २२३ कम्पनीका ३ करोड ७० लाख कित्ता माथिको सेयर १ लाख ३७ हजार बढी पटक किनबेच हुँदा कुल १४ अर्ब १३ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ । जबकि गत आइतबार एकैदिन ५४ अंक माथिले नेप्से बढ्दा कुल १४ अर्ब २३ करोड २४ लाखको कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, स्विस फ्र्याङ्क र दिराम, दिनार तथा रियालको मूल्य ?
-
सुरु भयो योे वर्षको सगरमाथा आरोहण, ४२१ जना चुचुरो चुम्ने प्रतिक्षामा
-
पाल्पा र गुल्मीको सङ्गमस्थल रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने