शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवाद्वारा घिमिरेको निधनप्रति दुःख व्यक्त

सोमबार, ११ साउन २०७८, १५ : २१
सोमबार, ११ साउन २०७८

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका सचिव भीमसेन घिमिरेको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सचिव घिमिरेको आज बिहान पाटन अस्पतालमा उपचारका क्रममा ४७ वर्षको उमेरमा निधन भएको हो । प्रधानमन्त्री देउवाले शोक विज्ञप्तिमार्फत उहाँको निधनको खबरले आफूलाई स्तब्ध र दुखित बनाएको उल्लेख गर्दै उनको आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

उनले स्व.घिमिरेले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याउनु भएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहने उल्लेख गरेका छन् । सचिव घिमिरे २०७४ सालको स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट ललितपुरको महाङ्काल गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारसमेत रहेका थिए ।

नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक जीवनयात्रा प्रारम्भ गरेका स्व.घिमिरेले काँग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको काँग्रेसले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप