बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ
सोमबार, ११ साउन २०७८, १५ : १२
![बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ](https://rpcdn.ratopati.com/media/albums/rape-balatkar_5PXNq2ZBwI.jpg)
बालिका बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुरको कटारी नगरपालिकाबाट एकजना युवकलाई पक्राउ गरेको छ । कटारी नगरपालिका–४ सिम्ले घर भएका ३० वर्षीय दिनेश दनुवारलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
दनुवारले १३ वर्षीया बालिकालाई निर्माणाधीन घरमा लगेर बलात्कार गरेको बताइएको छ । छिमेकीको घरबाट आफ्नो घरतर्फ आउँदै गरेकी बालिकालाई शनिवार उनले जबर्जस्ती करणी गरेको पीडितको आरोप छ । इलाका प्रहरी कार्यालय कटारीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी सम्बन्धन प्राप्त कलेजहरू नियमविपरीत सञ्चालनमा
-
एकीकृत समाजवादीको निर्वाचन निर्देशिका सार्वजनिक
-
के बीआरआईको बोझले प्रचण्ड सरकार ढल्न लागेको हो ?
-
तीस दिनभित्र दोहोरो पद छोडिसक्न सहकारी संस्थाका सञ्चालकलाई निर्देशन
-
हुम्लाको सर्केगाड पालिकाद्वारा बिलबिना ७३ लाख बढी भुक्तानी
-
अमेरिका पठाइदिन्छु भनी ठगी गरेको आरोपमा युवक पक्राउ