निर्वाचन आयोगले जसपा फुटायो : महतो
जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य राजेन्द्र महतोले निर्वाचन आयोगले आफ्नो पार्टी फुटाएको आरोप लगाएका छन् । आफूहरुले पार्टी विभाजनको माग नगरे पनि निर्वाचन आयोगले भने पार्टी विभाजन गराएको महतोले आरोप लगाएका हुन् ।
आयोगमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै महतोले भने, ‘दल जनताबाट निर्माण हुने हो । ५१ जनामात्र दल होइन भन्ने सम्पूर्ण नेपाली जनताले बुझेका छन् । हामीले विभाजनका लागि प्राविधिक काम यहाँ गर्यौँ, यो दूर्भाग्यपूर्ण काम हो ।’
‘एक सालअघि उपेन्द्र यादवजीको पार्टी विभाजन भइरहेको थियो । एक सालभित्र आजको अवस्था आउँछ भनेर हामीले कल्पना पनि गरेका थिएनौँ । त्यही भएर हामी अब जनता मै जाने हो,’ महतोले भने, ‘यो अवस्थाका लागि हामीले एक वर्षअघि उपेन्द्र यादवको पार्टी हामीले बचाइदिएका थिएनौँ । हामी देशमा वैकल्पिक शक्ति निर्माण गर्न र शोषण उत्पीडनमा परेका जनतालाई न्याय दिन हामी एकताबद्ध भएका थियौँ । त्यसको ठीक विपरीत यहाँ प्राविधिक पक्ष यहाँ देखाएर विभाजन गर्न खोजिएको छ । यो दूभाग्यपूर्ण हो । जनता अब वैकल्पिक शक्ति निर्माणको प्रक्रियामा अघि बढ्छ । यो बहुराष्ट्रिय राज्य हो । यो सम्पूर्ण नेपालीको देश हो । हामी विचलित हुँदैन ।’
पार्टीमा आधिकारिकताका लागि यतिबेला निर्वाचन आयोगमा पार्टीका कार्यकारिणी सदस्यहरुको सनाखत चलिरहेको छ । कार्यकारिणी समितिका बहुमत सदस्यहरुले पार्टी अध्यक्ष उपेन्द्र यादवको पक्षमा सनाखत गरेको सो पक्षले दाबी गरेको छ । यसबारे निर्वाचन आयोगको आधिकारिक फैसला आउन बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण