गाउँ पसेको चितुवा स्थानीयवासीले नियन्त्रणमा लिए
बागलुङ नगरपालिका–१४ नारायणस्थानका स्थानीयवासीले चितुवा नियन्त्रणमा लिएका छन् । स्थानीय भक्तबहादुर सुनुवारले कुखुराको सुरक्षाका लागि निर्माण पासोमा परेर आइतबार चितुवा नियन्त्रणमा आएको हो । केही दिनयता गाउँमा चितुवा पसेर दर्जनौँ कुखुरा र बाख्रा खाएपछि पासो बनाएर थापेको उनले बताए ।
फलामको बाकसमा तारजाली लगाएर बनाइएको सो पासोमा चितुवा फसेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । “बिहानै मलाई पनि खबर आयो, इलाका प्रहरी कार्यालयमार्फत, वन कार्यालयमा सूचना गर्यौं” वडाध्यक्ष चक्रबहादुर खत्री भन्छन्, “डिभिजन वन कार्यालयको टोलीले पनि चितुवाको व्यवस्थापन गर्न सकेन थप प्रयास भइरहेको छ ।”
वयस्क चितुवा निकै चलाख देखिएकाले प्रविधिबिना व्यवस्थापन कठिन रहेको डिभिजन वन अधिकृत मुकुन्दप्रसाद अधिकारीले बताए । नियन्त्रणमा लिइएको चितुवालाई जङ्गलमा छोड्नुपर्ने भएकाले पासोबाट निकालेर अर्को खोरमा राख्न समस्या भएको हो । चितुवा हेर्नेको भीड लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि
-
मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त
-
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा