आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सभामुख सापकोटा र अर्थमन्त्री शर्माबीच छलफल

सोमबार, ११ साउन २०७८, १५ : ०३
सोमबार, ११ साउन २०७८

सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’बीच छलफल भएको छ ।  सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सोमबार सङ्घीय संसद्लाई व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालनका लागि आर्थिक व्यवस्थापनका विषयमा केन्द्रित रहेर छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

त्यस क्रममा उनीहरुबीच विपद् सङ्कटग्रस्त क्षेत्र घोषित जिल्लाहरूमा सरकारको प्राथमिकताबारेमा पनि छलफल भएको छ । सभामुखको जिज्ञासामा अर्थमन्त्री शर्माले विपद्ग्रस्त सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रमा तत्काल  बेलीब्रिज राख्न निर्देशन दिइसकेको जानकारी गराएका छन् ।

सरकारले साउन ४ गते सिन्धुपाल्चोक र मनाङलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप