मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बल्खुबाट राजश्व छलीको सामानसहित २ जना पक्राउ

सोमबार, ११ साउन २०७८, १४ : ३९
सोमबार, ११ साउन २०७८

काठमाडौं महानगरपालिका–१४ बल्खुबाट प्रहरीले राजश्व छलेर सामान लिएर आएको ट्रकसहित २ जनालाई नियन्त्रणमा लिएको छ । वीरगञ्जबाट काठमाडौं आएको ना.४ख ८४९६ नम्बरको ट्रकसहित २ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका (प्रवक्ता) एसपी रमेशकुमार बस्नेतले रातोपाटीलाई बताए ।  महानगरीय प्रहरी वृत्त कालिमाटीले ट्रक चालक बारा घर भएका सञ्जय रायभर र सामानका धनी पर्सा घर भएका कृष्ण श्रीवास्तवलाई पक्राउ गरेको छ ।

ट्रकमा भएको प्लाष्टिक बनाउन प्रयोग हुने कच्चा पदार्थ, ब्याग बनाउन प्रयोग हुने कपडा र २ लाख बराबरको कृष्ण टेक्स्टाइल लेखिएको साटन कपडा बरामद गरिएको छ । सामानसहित भन्सार छलीमा संलग्न आरोपीहरुलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको एसपी बस्नेतले बताए । भन्सार छली गरेर ल्याएको सामान बल्खुस्थित कुमारी क्लबमा लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप