शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हेड काउन्टबारे रेशम चौधरी : नेताहरूसँग कुरा गरेर फैसला गर्छु

सोमबार, ११ साउन २०७८, १४ : ३०
सोमबार, ११ साउन २०७८

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य रेशम चौधरी हेड काउन्टका लागि निर्वाचन आयोगमा उपस्थित भएका छन्  ।

उपेन्द्र यादव र महन्थ ठाकुरमध्ये कुन पक्षमा सनाखत गर्ने भन्ने प्रश्नमा चौधरीले आफूले नेताहरूसँग कुराकानी गरेर मात्र निर्णय लिने बताए । उनले आफूहरूको छुट्टै मुद्दा र समस्या रहेको जिकिर गर्दै नेताहरूले यसबारे के गरिरहेको छ भनेर बुझ्ने र त्यसपछि मात्र सनाखतबारे निर्णय लिने बताए ।

उनले पहिले उपेन्द्र यादवसँग छलफल गर्न चाहेका थिए । तर यादव यसअघि नै कार्यालयबाट बाहिरिसकेका कारण भेट हुन सकेन । त्यसपछि उनी महन्थ ठाकुरसँग छलफल गर्न पुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप