शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

मञ्जुश्री फाइनान्सको संस्थापक सेयर बिक्रीमा, प्रति सेयर न्यूनतम मूल्य ३००

सोमबार, ११ साउन २०७८, १४ : २३
सोमबार, ११ साउन २०७८

काठमाडौं । मञ्जुश्री फइनान्स लिमिटेडले संस्थापक समूह अन्र्तगतको १२,५८७ कित्ता सेयर बिक्री गर्ने भएको छ । 

संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको प्रति कित्ता न्यूनतम मूल्य ३०० रुपैयाँ मात्र तोकिएको छ । संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ । 

साथै संस्थापक सेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले मिति २०७८ साउन १४ गते देखि भदौं ८ गते सम्ममा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलमा आइपुग्ने गरी प्रति कित्ता आपूmले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य सिलबन्दी बोलपत्र मार्फत आवेदन पेश सक्ने कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप