‘कर्णालीका सबै नागरिकलाई कोरोना खोपको व्यवस्था हुन्छ’
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले कर्णालीका हरेक नागरिकलाई कोरोना खोपको व्यवस्थापन गर्ने बताउनुभएको छ । संवाद समूहद्वारा वीरेन्द्रनगरमा कर्णालीमा कोरोनाको अवस्था र तयारीका विषयमा गरिएको अन्तक्र्रियामा सबै नागरिकलाई कोरोना खोपको व्यवस्था प्रदेश सरकारले गर्ने बताएका छन् । औषधि र जनशक्तिको अभावमा कर्णालीका नागरिकले सेवाबाट वञ्चित नहुने जनाउँदै मन्त्री बुढाक्षेत्रीले सबैभन्दा पहिला नागरिकलाई बचाउनु सरकारको कर्तव्य भएकाले ध्यान नागरिकको स्वास्थ्यमा केन्द्रित भएको बताए ।
जनता बचाए अरु विकास विस्तारै हुने उल्लेख गर्दै उनले कोरोना रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले कर्णालीका विभिन्न स्थानीय तहसँगसमेत सहकार्य गरेको जानकारी दिए । “नागरिकको स्वास्थ्यप्रति हामी गम्भीर छौंँ, त्यसैले पनि अहिलेको अवस्थामा पहिलो प्राथमिकता स्वास्थ्य राखेका छौं”, उनले भने । प्रदेशका विभिन्न नाकामा हेल्प डेस्कसहित आवश्यक जनशक्तिको व्यवस्था पनि गरिसकिएको मन्त्री बुढाक्षेत्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
-
दोस्रो जनआन्दोलनले गर्भे टुहुरो बनायो विजयराज पाण्डेलाई
-
राष्ट्रपति पौडेलद्वारा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह