शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एकल जीवन रुचाउने बलिउडका ५ अभिनेत्री

सोमबार, ११ साउन २०७८, १४ : ०७
सोमबार, ११ साउन २०७८

मुम्बई । बलिउडका कयौँ अभिनेत्री यस्ता छन्, जो आफ्नो जीवन आफ्नै हिसाबले चलाउन रुचाउँछन् । उमेर ४० पार गरिसक्दा समेत उनीहरूले विवाह गरेका छैनन् । ती अभिनेत्रीको चर्चा यहाँ गर्न खोजिएको छ ।

सुस्मिता सेन:

सुस्मिता सेन धेरै केटीहरूका लागि प्रेरणा हुन् । उनको नाम वसीम अक्रम र अनिल कुम्बले जस्ता खेलाडीसँग पनि जोडिएको छ । ४६ वर्षको उमेरसँग पनि उनी अविवाहित छन् । मिस युनिभर्ससमेत रहेकी उनले दुई छोरी धर्मपुत्रीको रूपमा पालेकी छन् । उनी अहिले मोडल रोहमान शालसँगको डेटमा छिन् ।

तब्बु:

तबस्सुम हाशमी अर्थात् तब्बु ४८ वर्ष भएकी छन् । तर पनि उनको अहिलेसम्म विवाह भएको छैन । एक समय उनको साउथ स्टार नागार्जुनसँग अफेयरको चर्चा थियो । समाजको रीतिरिवाज निभाउन मात्र विवाह नगर्ने उनको मान्यता रहँदै आएको छ ।

अमीषा पटेल:

अभिनेत्री अमीषा पटेल अभिनेता ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले धेरै राम्रा फिल्महरूमा समेत काम गरिन् । अहिले ४३ वर्ष पुगेकी यी अभिनेत्री अविवाहित छिन् । बलिउडमा एक पटक उनी निर्माता विक्रम भट्टसँगको अफेयरका कारण चर्चामा थिइन् ।

साक्षी तन्वर:

साक्षीको उमेर लगभग ५० को हाराहारीमा छ । अहिलेसम्म उनले पनि विवाहका लागि उपयुक्त पार्टनर पाएकी छैनन् । २०१५मा उनले गोप्य विवाह गरेको हल्ला चलेको थियो । सो हल्लामा मात्र सीमित रहन पुग्यो ।

नरगिस फाखरी:

नरगिस फाखरीले पनि अहिलेसम्म विवाह गरेकी छैनन् । उनी अहिलेको जीवन खुसीसँग बिताइरहेकी छन् । एक समय उनको उदय चोपडासँग रिलेसन सीप रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप