बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ओपो सिक्सजी ह्वाइट पेपर सार्वजनिक, नेक्स्ट जेनेरेशन कम्युनिकेशनको भविष्य लक्षित

सोमबार, ११ साउन २०७८, १३ : ४९
सोमबार, ११ साउन २०७८

शान्चन् । ओपो रिचर्स इन्स्टिच्युटले आधिकारिक रुपमा आफ्नो पहिलो सिक्सजी ह्वाइट पेपर—‘सिक्सजी एआई—क्यूब इन्टेलिजेन्स नेट वर्किङ’ सार्वजनिक गरेको छ । 

आर्टिफिसियल इन्टेलिजेन्सी (एआई)ले कसरी सिक्सजी नेटवर्क आर्किटेक्चरको सशक्तीकरणमा कसरी टेवा पु¥याउन सक्छ भन्ने दुरसञ्चार उद्योगकै पहिलो नमूनाका रुपमा ह्वाइट पेपर अर्को पुस्ताको दुरसञ्चार सञ्जालको डिजाइनका लागि विस्तृत दृष्टिकोण प्रस्ताव गरेको कम्पनीले जनाएको छ । 

सिक्सजी सेवा र प्राविधिक आवश्यकता, मुख्य प्रविधि तथा प्रणालीका सुविधाहरु माथि प्रारम्भिक अध्ययनका लागि हाल ओपोले प्रि—रिसर्च (पूर्वशोध) टोलीको गठन गरेको छ ।

सिक्सजीले एआईसँग मानव अन्तरक्रियालाई पूर्णतः नयाँ आयाम प्रदान गर्दै एआईलाई सबैले उपयोग गर्नसक्ने वास्तविक सार्वजनिक सेवा प्रदायक प्रविधिका रुपमा स्थापित गराउन सकिन्छ भन्ने विश्वास लिएको ओपोले जनाएको छ । सिक्सजीद्वारा सञ्चारित स्मार्ट उपकरणहरु एआईका अभिन्न सहभागी तथा प्रयोगकर्ता हुनेछन् । तिनले विभिन्न प्रयोग चरणहरू मार्फत एआई आल्गोरिदम्स डाउनलोड तथा परिमार्जन गर्दै अझ परिस्कृत एआई मोडलहरुका लागि डाटा संकलन गरी उपलब्ध गराउँदै प्रयोगकर्ताहरूलाई अझ इमर्सिभ अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ । 

विश्वको सिक्सजी मापदण्ड निर्माणमा सहयोग पु¥याउने सोचका साथ ओपोले सिक्सजी प्रविधि अन्तर्गत पूर्व अनुसन्धान कार्य जारी राख्ने पनि कम्पनीले जनाएको छ । फाइभजीको लोकप्रियताका लागि प्रमुख योगदानकर्ताको रुपमा ओपोले आफ्ना पार्टनर्सहरुसँगको सहकार्यलाई निरन्तरता दिँदै ठूलो परिमाणमा फाइभजीको व्यवसायिकरण बढावा दिने कार्यलाई पनि निरन्तरता दिने बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप