लागु औषधसहित युवक पक्राउ
सोमबार, ११ साउन २०७८, १३ : ३८

पर्साको वीरगञ्ज महानगरपालिका–१६ ईनर्वागाउँबाट प्रहरीले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२४ रामगढवा घर भएका २६ वर्षीय अफरोज मियाँ अन्सारी छन् ।
अन्सारीको साथबाट ६ सय एम्पुल लागु औषध इन्जेक्सन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता (डिएसपी) ओमप्रकाश खनालले रातोपाटीलाई बताए । आइतबार पक्राउ परेका अन्सारीको साथबाट प्रहरीले नुर्फिन २ सय एम्पुल, डाइजेपाम २ सय एम्पुल र फेनारगन २ सय एम्पुल बरामद गरेको छ ।
पर्सा प्रहरीले आरोपीबिरुद्ध लागुऔषध सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाकाराण्डा फूलको संरक्षण गर्दै ललितपुर महानगर
-
आरआर क्याम्पसमा नेविसंघको विवाद के हो ?
-
राजसंस्था पुनःस्थापनाको माग गर्दै राजावादीहरुको मोटरसाइकल र्याली, तस्बिरमा हेर्नुहोस्
-
देउवाको ब्रिफिङ : गठबन्धनमा समस्या छैन, ओलीले छोडेर गए त के लाग्छ र !
-
महानगरबाट अहिलेसम्म ५२ हजार ७ सय ४० ले निःशुल्क कानुनी सेवा लिए : उपप्रमुख डंगोल
-
विवादकाबिच अभिनेत्री सुरक्षा पन्तले पोस्ट गरिन् अनौठो तस्बिर