युथ फोर्स र अखिल फोर्सको जुलुस नरोक्ने हो भने कोरोनाको तेस्रो लहर छिटै सुरु हुन्छ : योगेश भट्टराई
नेकपा एमालेका नेता योगेश भट्टराईले विश्वका विभिन्न देशमा कोरोना सङ्क्रमणकाे तेस्रो लहर सुरु भएकोले सचेत हुनुपर्ने अवस्था आएको बताएका छन् । सोमबार प्रतिनिधि सभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले कोरोनाको डेल्टा प्रजातिको भाइरस अझै खतरनाक भन्ने कुरा आएको बताउँदै हवाई माध्यमबाट सङ्क्रमण फैलिने भएकोले पूर्व सतर्कता अपनाउन आग्रह गरेका हुन् ।
नेता भट्टराईले कोरोना विरुद्धको खोपका लागि सरकारले पर्याप्त तयारी नगरेको भन्दै विकसित देशले आवश्यकता भन्दा बढी खोप अग्रिम बुकिङ गरेको भन्दै सरकारले के तयारी गरेको छ भन्दै प्रश्न गरे । उनले कोरोनाको तेस्रो भेरियन्ट फैलाउन अव्यवस्थित सभा जुलुसले सहयोग गर्ने भन्दै त्यसलाई रोक्न आग्रह गरे । उनले अखिल फोर्सले जुलुस निकालेको, युथ फोर्सले १० हजारको जुलुस निकालेको, पिपुल्स भाेलिन्टियरले अर्को जुलुस निकालेको, सिंहदरबार छेउमै प्रधानमन्त्रीलाई साँचो बुझाउने जुलुस निकाल्ने काम गरेको बताउँदै यस्ता जुलुस सरकारले नरोक्ने हो भने कोरोनाको तेस्रो भेरियन्ट छिटो फैलिने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानद्वारा ब्राजिल विरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
