जसपाको भाग्यको फैसला : यस्तो देखियो निर्वाचन आयोगमा

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादबारे आज निर्णय गर्दैछ । यति बेला आयोगमा केन्द्रीय कार्यकारिणी सदस्यहरू सनाखत भइरहेको छ । जसपामा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच देखिएको पार्टी आधिकारिकताको विवादलाई ‘हेड काउन्ट’ नीति लिएर आयोगले टुङ्ग्याउन लागेको छ ।
सत्ता समीकरणमा एमाले अध्यक्ष केपी शर्मा ओली र इत्तर गठबन्धनका विषयमा उत्पन्न विवादले जसपा विभाजनमा पुगेको छ । ठाकुर पक्ष ओलीतिर र यादव पक्ष पाँच दलीय गठबन्धनमा लागेपछि जसपा दुई भागमा विभाजित भएको हो । तर पार्टीको आधिकारिकता कुन पक्षले पाउने भन्ने विषयको निरूपण नहुँदा जसपाको औपचारिक विभाजन रोकिएको छ ।
योबीचमा दुवै पक्षले एक अर्कालाई गरेका कारबाही निर्वाचन आयोगले विधि–विधानसम्मत नभएको भनेपछि निष्प्रभावी भएका थिए । जसपालाई एकताको अवस्थामा पुर्याएर आयोगले मिलेर आउन आग्रह गरे पनि सँगै बस्न सक्ने परिस्थिति नभएको भन्दै दुवै पक्षले पार्टी आधिकारिकता माथि दाबी माग गरे ।
सोही अनुसार आज आयोगले पार्टीको कार्यकारिणी समितिका सदस्यको ‘हेड काउन्ट’ गरे आधिकारिकता टुङ्ग्याउँदै छ । यति बेला कार्यकारिणी र संसदीय दलमा पनि यादव पक्षको प्रस्ट बहुमत देखिएको छ ।
तस्बिरमा हेर्नुहोस् निर्वाचन आयोगको दृश्य:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलनबाट पढाइमा भएको क्षति हिउँदे वा वर्षे बिदाबाट आपूरण गर्न महासङ्घको आग्रह
-
पाकिस्तानद्वारा भारतविरुद्ध प्रत्याक्रमणको घोषणा
-
ठेकदार सांसद कान्छारामको लापर्बाही : दोस्रो म्याद पनि सकियो तर सकिएन १५ सडकको काम
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
बागमतीमा बहुवर्षे र स्रोत सुनिश्चितताबाट १३ अर्बभन्दा बढी दायित्व सिर्जना
-
सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न