सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा र एटीएम सेवा बिस्तार
सोमबार, ११ साउन २०७८, १२ : ४२
काठमाडौं । सनराइज बैंक लिमिटेडले बाराको बारगढी गाउँपालिका वडा नं.–२ बिसुनपुर्वामा शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसैगरी, बैंकले कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नं.६ बर्मेली टोल स्थित सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेक्कामा ए.टी.एम सेवा संचालनमा ल्याएको छ ।
ए.टी.एम सेवाको माध्यमबाट भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत ए.टी.एम सेवा अन्तर्गत ए.टी.एम कार्ड र बिना ए.टी.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । सशस्त्र प्रहरी बलमा प्रहरी कर्मचारीहरु र स्थानीयलाई लक्षित गरी बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।
बैंकले उदयपुरको त्रियुगा नगरपालिका वडा नं.–७, चुहाडेमा पनि आफ्नो ७८ औं शाखा रहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा