आगामी पाँच महिनामा करिब दुई लाख कोरोना संक्रमित थपिने : स्वास्थ्य मन्त्रालय
![आगामी पाँच महिनामा करिब दुई लाख कोरोना संक्रमित थपिने : स्वास्थ्य मन्त्रालय](https://rpcdn.ratopati.com/media/albums/health-ministry--swasthya-m_RHv84RB7de.jpg)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी पाँच महिनामा नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या झण्डै दुई लाख पुग्ने अनुमान गरेको छ । मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा आगामी कार्यदिशा प्रस्तुत गर्दै यस्तो प्रक्षेपण गरेको हो ।
मन्त्रालयका सहसचिव गंगा लोहनीले समितिमा जनाएअनुसार हालको स्थिर अवस्थालाई हेर्दा आगामी पाँच महिनामा एक लाख ९३ हजार ८५६ नयाँ संक्रमित थपिने सम्भावना छ । तीमध्ये ३८ हजार ७७१ जनालाई अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने र तिनमा पनि ९ हजार ७९३ जनालाई सघन उपचार गर्नुपर्ने सम्भावना औंल्याइएको छ ।
कोरोनाको सम्भावित तेस्रो लहरमा बालबालिका तथा खोप लगाउन नपाएका व्यक्तिहरु बढी जोखिममा पर्ने सम्भावना रहेको पनि मन्त्रालयले प्रस्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसका १० भ्रातृ संगठनले चैत मसान्तसम्म महाधिवेशन गरिसक्नुपर्ने
-
निर्देशिका विपरीत सञ्चालित विदेशी सम्बन्धन कलेजमा भर्ना नगर्न सूचित गर्ने शिक्षा मन्त्रालयको निर्णय
-
यी फलफूल र तरकारी मधुमेह रोगीका लागि फाइदाजनक हुन सक्छन्
-
देशभर १० स्थानमा अडिसन गर्दै ‘मिस्टर नेपाल’
-
‘कृषि दशकको कार्यान्वयनबाट समृद्धि सम्भव छ’
-
संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔँः वामदेव गौतम