उपेन्द्र यादवको प्रतिक्रिया– 'महन्थ ठाकुरलाई घोक्र्याएर हटाउन खोजेको होइन'
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफूहरुले अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई घोक्र्याएर हटाउन नचाहेको बताएका छन् ।
सोमबार निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आफूहरुको पक्षमा अत्यधिक बहुमत देखिएको तर अर्का अध्यक्ष महन्थ ठाकुर लगायतलाई पार्टीबाट हटाउन नचाहेको बताए । विगतका गलत प्रवृत्तिलाई सच्याउँदै ठाकुर आत्मालोचना गर्न तयार भए उनलाई फेरि पार्टीमा समेट्न सकिने उनको भनाइ थियो ।
‘आयोगमा हाम्रो पक्षमा अत्याधिक बहुमत देखिएको छ । हामीले महन्थ जी राजेन्द्रजीहरुलाई घोक्र्याएर हटाउन खोजेको होइन’, यादवले भने, ‘उहाँहरु आफै बाटो बिराएर हिँड्नु भएको छ । हामीले खेदेको होइन । बिराएको बाटो र लिएका गलत नीतिलाई सच्याएर सार्वजनिक रुपमा आत्मालोचना गर्नुभयो भने पार्टीले विचार गर्छ ।’
उनले ठाकुर लगायतले प्रतिगमनकारीलाई साथ दिएको भन्दै त्यो पार्टीको नीति तथा सिद्धान्तविपरित भएको पनि बताए । यादवले पार्टी छिट्टै शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण