मनिष सुमनले भने–महन्थ ठाकुरले मान्नुभएन, मूलधारको पार्टीको पक्षमा सनाखत गरेँ
जनता समाजवादी पार्टी (जसपा)का नेता मनिष सुमनले आफूले मूलधारको पार्टीको पक्षमा निर्वाचन आयोगमा हस्ताक्षर सनाखत गरेको बताएका छन् । निर्वाचन आयोगमा हेड काउन्टका लागि पुगेका उनले उपेन्द्र यादवको पक्षमा हस्ताक्षर सनाखत गराएका हुन् ।
उनले आयोग परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा आफूले पार्टी एकताका लागि महन्थ ठाकुरसँग लामो वार्ता गरेपनि ठाकुरले पार्टी एकताको लागि एकैठाउँमा हस्ताक्षर सनाखत गराउन नमानेपछि आफूले मूलधारको पार्टीको पक्षमा सनाखत गरेको प्रतिक्रिया दिए । यादव पक्ष जसपाको मूलधारको पार्टी भएको उनको भनाइ छ ।
‘मैले पार्टी एकताको लागि धेरै प्रयास गरेँ । जतापट्टी बहुमत छ, सबै त्यता जाऔं भनेर महन्थ ठाकुरलाई भनेँ, तर मान्नु भएन’, उनले भने, ‘मधेसमा संगठित पार्टीको आवश्यकता छन । एकीकृत पाटी हुनुपर्छ भन्ने मेरो प्रयास छ । जहाँ मूलधारको पार्टी छ मैले त्यहाँ सनाखत गरेँ ।’
यसअघि सुमन महन्थ ठाकुर पक्षमा थिए । पछिल्लो समय उनले आफूलाई यादव पक्षतिर ढल्काएपनि खुलेका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण