जसपामा हेड काउन्ट : उपेन्द्र यादव पक्षको लाइनमा देखिए ठाकुर पक्षीय मनिष सुमन
सोमबार, ११ साउन २०७८, ११ : ३४
जसपा नेपालको महन्थ ठाकुर पक्षको मानिने मनिष सुमनले निर्वाचन आयोगमा हेड काउन्टका लागि जाँदा उपेन्द्र यादव पक्षको लाइनमा देखिएका छन् । पछिल्लो समय उनले आफूलाई यादव पक्षतिर ढल्काएको पनि खुलेका थिएनन् ।
जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगले गरेको ‘हेड काउन्ट’ को निर्णयअनुसार दुबै पक्षका कार्यकारिणी समितिका सदस्यहरु निर्वाचन आयोगमा पुग्न थालेका छन् । हालसम्म आयोगमा उपेन्द्र यादव पक्षका एक दर्जनजति कार्यकारिणी समिति सदस्यले हस्ताक्षर सनाखत गराएर फर्किएका छन् भने महन्थ ठाकुर पक्षका केही सांसद पनि निर्वाचन आयोगमा पुगेका छन् ।
आयोगमा जानुअघि ठाकुर पक्षको बैठक सोमबार बिहान बबरमहलमा बसेको थियो । सो बैठकले हेड काउन्टबारे आयोगले गरेको निर्णयको बिरोध गरेको छ । उनीहरुले यसविरुद्ध आयोगमा निवेदन दिने भनिएपनि ठोस निर्णय भने भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला प्रिमियर लिगको अक्सनमा चर्चा कमाउने यी अनक्याप्ड खेलाडी
-
एमाले पार्टी कार्यालय जग्गा विवाद : सर्वोच्चले खोल्यो मीनबहादुरले दान दिएको जग्गामा भवन बनाउने बाटो
-
दुई नयाँ हुलाक टिकट प्रचलनमा
-
सर्वोच्चद्वारा एमाले जग्गा विवादसम्बन्धी रिट खारेज
-
‘दुःखी आत्मा’ को फष्टलुक्समा दयाहाङ, आँचलदेखि आशान्तसम्म
-
बेचन झा र प्रतिक थापालाई थुनामै पठाउन उच्च अदालतको आदेश