शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

निर्वाचन आयोगमा जनुअघि महन्थ ठाकुर पक्षको बैठक

सोमबार, ११ साउन २०७८, ११ : ३०
सोमबार, ११ साउन २०७८

जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगले गरेको ‘हेड काउन्ट’ को निर्णयअनुसार दुबै पक्षका कार्यकारिणी समितिका सदस्यहरु निर्वाचन आयोगमा पुग्न थालेका छन् । 

हालसम्म आयोगमा उपेन्द्र यादव पक्षका एक दर्जनजति कार्यकारिणी समिति सदस्यले हस्ताक्षर सनाखत गराएर फर्किएका छन् भने महन्थ ठाकुर पक्षका केही सांसद पनि निर्वाचन आयोगमा पुगेका छन् । 

आयोगमा जानुअघि ठाकुर पक्षको बैठक सोमबार बिहान बबरमहलमा बसेको थियो । सो बैठकले हेड काउन्टबारे आयोगले गरेको निर्णयको बिरोध गरेको छ । उनीहरुले यसविरुद्ध आयोगमा निवेदन दिने भनिएपनि ठोस निर्णय भने भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप