शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सलमानले हात जोडेर मागे सुनिल शेट्टीकी छोरी अथियासँग माफी

सोमबार, ११ साउन २०७८, १० : १२
सोमबार, ११ साउन २०७८

बलिउड सुपरस्टार सलमान खान हाल भाइ अरबाज खानको च्याट शो ‘पिंच सीजन २’ को कारण कारण निकै चर्चामा छन् । यसै शोमा सलमानले सुनील शेट्टीकी छोरी अथियासँग माफी मागेका छन् । 

सलमानले माफी मागेको भिडियोमा सुनिल शेट्टीले पनि प्रतिक्रिया जनाएका छन् । सलमानले माफी माग्नुको कारणबारे सुनिलसँग अन्तरवार्ताका क्रममा सोधिएको थियो । 

उक्त अन्तरवार्तामा सुनिलले भनेका छन्,‘सलमान मेरो परिवार जस्तै हुन् । उनी जे गर्छन्, मनबाट नै गर्छन् । उनले स्क्रीनमा अथियासँग माफी माग्नु सबैभन्दा प्यारो कुरा हो । अथिया र सलमानको बीच पनि निकै गहिरो सम्बन्ध छ । सलमान र अथिया एक अर्कासँग राम्रो सम्बन्धमा छन् । र, माफी एक व्यक्तिका लागि जरुरी कुरा पनि हो ।’

अरबाजको शोमा सलमानले सामाजिक सञ्जालमा अथियालाई ‘फलो’ नगरेको सन्दर्भमा अथियासँग हात जोडेर माफी मागेका थिए । उनले अथियालाई अब ‘फलो’ गर्ने पनि बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप