मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

रेशम चौधरी निर्वाचन आयोग जाँदै

सोमबार, ११ साउन २०७८, १० : १०
सोमबार, ११ साउन २०७८

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य रेशम चौधरी कसको पक्षमा सनाखत गर्ने अझै खुलेको छैन । 

टिकापुर घटनाका जेलमा रहेका रेशम चौधरी महन्थ ठाकुर पक्षका नेता हुन् । पछिल्लो समय उनी महन्थ ठाकुर र राजेन्द्र महतोप्रति पनि असन्तुष्टि जनाउँदै आइरहेका थिए ।

उता, थरुहट पक्षका अभियन्ताहरुले कसैको पक्षमा सनाखत नगर्न सुझाव दिएका थिए । तर उनी कसैको सुझावलाई नमान्दै आज एउटा पक्षमा सनाखत गर्ने बुझिएको छ । 

चौधरीको परिवारका अनुसार सनाखतका लागि उनी आफै निर्वाचन आयोगमा जाने छन् । जसपामा आधिकारिकता विषयमा विवाद हुँदा निर्वाचन आयोगले हेड काउन्टका लागि ५१ सदस्यीय कार्यकारिणी सदस्यलाई सनाखतका लागि निर्वाचन आयोग बोलाएको हो ।

हालसम्म उपेन्द्र यादवको पक्षमा बहुमत देखिएको छ । उपेन्द्र यादवले ३३ जना सदस्यलाई गोदावरीको एक रिसोर्टमा हिजोदेखि राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप