बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बल्छी ध्रुवे बने गायक

सोमबार, ११ साउन २०७८, ०९ : ५१
सोमबार, ११ साउन २०७८

काठमाडौं । पछिल्लो समयका चर्चित हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’ गायकको रुपमा समेत अगाडि आएका छन् । उनको स्वरमा रहेको नयाँ तीज गीत ‘पारिवन हरियो’ सार्वजनिक भएको छ ।
गीतमा श्रेष्ठलाई गायिका सपना पौडेलले स्वरमा साथ दिएकी छन् । गायिका सपनाकै लय, शब्द र संगीत रहेको गीतमा सुदीप सागरको एरेन्ज रहेको छ ।

लोकप्रिय टेलिशृङ्खला ‘जुठे’ र ‘हल्का रमाइलो’का कलाकार तथा निर्देशक समेत रहेका श्रेष्ठको यो गीतको भिडियो उनीको अलवा राजु पौडेल, अनिता बस्नेत, दीपेन्द्र तिमिल्सना र सविना आचार्यको.साथै सिरियल ‘हल्का रमाइलो’का अधिकांस कलाकारको अभिनय समेटिएको छ ।

गायिका सपना कलाकार राजु पौडेल ‘राजु माष्टर’को श्रीमती हुन् । सपनाले यसअघि पनि केही गीत गाएकी छन् । आइतबार युट्युवमार्फत सार्वजनिक गीतले समाचार तयार गर्दासम्म साढे तीन लाख बढी भ्युज पाउन सफल भएको छ ।

सौरभ लामाको छायाङ्कन, मनोज कार्कीको सम्पादन रहेको भिडियो दीपेन्द्र तिमिल्सेनाले निर्देशन गरेका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप