नेपाल पक्षको बैठक बस्दै : सत्ता र प्रतिपक्षी कित्ता क्लियर गर्न दबाब

काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । नयाँ बानेश्वरको बुद्धनगरमा सोमबार दिउँसो पनि बैठक बस्ने स्थायी समिति सदस्य रघुजी पन्तले रातोपाटीलाई जानकारी दिए ।
नेपाल पक्षीय स्थायी कमिटीको बैठक आइतबार साँझ पनि बसेको थियो । आजको बैठक त्यसैको निरन्तरता भएको पन्तको भनाइ छ । उनका अनुसार पार्टी एकता काम राख्ने सन्दर्भमा छलफल केन्द्रित छ । हिजोको बैठकमा बैठकमा कार्यदलले सहमति गरेको १० बुँदे प्रस्तावमा पनि छलफल भएको थियो ।
कार्यदलका संयोजकसमेत रहेका नेता भीम रावलले १० बुँदे प्रस्तावबारे जानकारी गराएका थिए । एमाले एकताका लागि दबाब दिन भन्दै हिजो केही सांसदहरूले कार्यदलका सदस्यहरूसँग छलफल पनि गरेका थिए ।
उनीहरुले पार्टी एकताका लागि १० बुँदे सहमति कार्यान्वयन गर्न आग्रहसमेत गरेका हुन् । पार्टीको विवाद समाधानका लागि गठित कार्यदलको १० बुँदे सहमतिपछि एमालेको बैठकले कार्यदल भंग गरिसकेको छ । तर कार्यदलको प्रतिवेदन कार्यान्वयनमा आउन सकेको छैन ।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच टकराव बढ्दो छ । एमाले प्रतिपक्षमा पुग्दा पनि सत्तारुढ गठबन्धनसँगको सहकार्य जारी रहेका छन् । नेपालमाथि पार्टी एकतासँग सरकारमा जाने पनि समूहभित्रैबाट दबाब छ । पार्टी एकतामा लाग्ने वा नयाँ पार्टी बनाएर सरकारमा जाने भन्नेमा नेपाल पक्षभित्र मतान्तर छ ।
आजको बैठकले यसबारे पनि प्रस्ट धारणा बनाउने पन्तले बताए । तर ओली र नेपाल एकताका लागि तयार भइसकेकाले एमाले विवादले दिशा लिन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न