नेपाल पक्षको बैठक बस्दै : सत्ता र प्रतिपक्षी कित्ता क्लियर गर्न दबाब
काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । नयाँ बानेश्वरको बुद्धनगरमा सोमबार दिउँसो पनि बैठक बस्ने स्थायी समिति सदस्य रघुजी पन्तले रातोपाटीलाई जानकारी दिए ।
नेपाल पक्षीय स्थायी कमिटीको बैठक आइतबार साँझ पनि बसेको थियो । आजको बैठक त्यसैको निरन्तरता भएको पन्तको भनाइ छ । उनका अनुसार पार्टी एकता काम राख्ने सन्दर्भमा छलफल केन्द्रित छ । हिजोको बैठकमा बैठकमा कार्यदलले सहमति गरेको १० बुँदे प्रस्तावमा पनि छलफल भएको थियो ।
कार्यदलका संयोजकसमेत रहेका नेता भीम रावलले १० बुँदे प्रस्तावबारे जानकारी गराएका थिए । एमाले एकताका लागि दबाब दिन भन्दै हिजो केही सांसदहरूले कार्यदलका सदस्यहरूसँग छलफल पनि गरेका थिए ।
उनीहरुले पार्टी एकताका लागि १० बुँदे सहमति कार्यान्वयन गर्न आग्रहसमेत गरेका हुन् । पार्टीको विवाद समाधानका लागि गठित कार्यदलको १० बुँदे सहमतिपछि एमालेको बैठकले कार्यदल भंग गरिसकेको छ । तर कार्यदलको प्रतिवेदन कार्यान्वयनमा आउन सकेको छैन ।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच टकराव बढ्दो छ । एमाले प्रतिपक्षमा पुग्दा पनि सत्तारुढ गठबन्धनसँगको सहकार्य जारी रहेका छन् । नेपालमाथि पार्टी एकतासँग सरकारमा जाने पनि समूहभित्रैबाट दबाब छ । पार्टी एकतामा लाग्ने वा नयाँ पार्टी बनाएर सरकारमा जाने भन्नेमा नेपाल पक्षभित्र मतान्तर छ ।
आजको बैठकले यसबारे पनि प्रस्ट धारणा बनाउने पन्तले बताए । तर ओली र नेपाल एकताका लागि तयार भइसकेकाले एमाले विवादले दिशा लिन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण