हिमाचलको सडकमा ढुङ्गाको वर्षा, ९ पर्यटकको मृत्यु
सोमबार, ११ साउन २०७८, ०९ : ०६
भारतको हिमाचल प्रदेशको किन्नौर जिल्लमा पहिरोपछि यति तीव्र गतिमा ढुङ्गाहरू खसे, बस्पा नदीमा बनेको पुल नै भाँचिन पुग्यो । यस घटनामा ९ जना पर्यटकको मृत्यु भएको छ भने ३ जना गम्भीर रूपमा घाइते रहेका छन् । घटनामा ज्यान गुमाउने ४ जना राजस्थान, २ जना छत्तीसगढ र एक–एक जना महाराष्ट्र र पश्चिम दिल्लीका रहेका छन् । एक मृतकको राज्य वा सहरको ठेगाना खुलेको छैन ।
पर्यटक सवार एचआर ५५ एजी ९००३ नम्बरको गाडी छितकुलबाट सांगलातर्फ गइरहेका थिए । बटसेरीको गुंसा छेउ रहेको पुलमा ढुङ्गा खसेपछि टुट्न पुग्यो । यसको चपेटामा पर्यटकीय बस पनि पर्यो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाउनेहरूको परिवारलाई राहत स्वरूप २ लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् ।
हिमाचलको किन्नौरमा ढुङ्गा खस्ने क्रममा शनिबारदेखि नै जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मतदानका दिन यी सवारी साधनलाई हुँदैन रोकावट
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न
-
अफगानिस्तानमा बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त