भन्सार छलेर ल्याएको सुर्ती र रेडिमेट कपडा बरामद
आइतबार, १० साउन २०७८, २३ : ०३
सुर्खेत प्रहरीले भन्सार छलेर ल्याएको सुपर पावर सुर्ती र रेडिमेट कपडा बरामद गरेको छ । नेपालगञ्जबाट सुर्खेततर्फ ल्याइँदै गरेको सुपर पावर सुर्ती १ हजार ६७४ पिस र विभिन्न किसिमका काँचो तथा रेडिमेट कपडा गरी एक लाख ४० हजार १० रुपैयाँ बराबरको सामान बरामद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डिएसपी) रामप्रसाद घर्तीका अनुसार नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको बा ५ ख ४५५८ नम्बरको फोर्स गाडीमा चेकजाँच गर्दा उक्त सामान भेटिएको हो । ‘हामीले बरामद गरेको सामान आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय कोहलपुर बाँकेमा पठाइएको छ’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
-
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ : गभर्नर अधिकारी