बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लक्ष्य एसियन कप छनोट, तस्बिरमा हेर्नुहाेस् महिला फुटबल टोलीको प्रशिक्षण

आइतबार, १० साउन २०७८, २२ : १०
आइतबार, १० साउन २०७८

एएफसी महिला एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टिमको बन्द प्रशिक्षण जारी रहेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार गत फागुनमा भएको राष्ट्रिय लिगमा गरेको प्रदर्शनका आधारमा बन्द प्रशिक्षणका खेलाडी छनोट गरिएको हो ।

छनोट प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् । उक्त समूहको छनोट खेल नेपालमा हुने एन्फाले जनाएको छ । एएफसीले छनोटका लागि भदौ २८ देखि असोज ९ गतेको समय तय गरेको छ । समूहको शीर्ष टोलीले अगामी वर्ष भारतमा हुने एसियन कपमा प्रतिस्पर्धा गर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप