शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मन्दिर बनाउन जग खन्दा २९ वटा कलात्मक मूर्ति भेटिए

आइतबार, १० साउन २०७८, २१ : ०६
आइतबार, १० साउन २०७८

सप्तरी अग्निसाइर कृष्णसवरन गाउँपालिका–२ स्थित अग्निसाइर मन्दिर निर्माण गर्न जग खन्ने क्रममा २९ वटा कलात्मक मूर्ति भेटिएका छन् । मन्दिरका अध्यक्ष सुरेश चौधरीले मन्दिर परिसरमा आज आयोजित एक कार्यक्रममा ती मूर्ति अग्निसाइर मन्दिरका पुजारीलाई  ती मूर्ति  हस्तान्तरण गरेका हुन् । 

मन्दिर बनाउन जग खन्ने क्रममा ढुङ्गामा कुदिएका कलात्मक मूर्ति भेटिएका र तिनलाई सुरक्षित रुपमा व्यवस्थापन गर्न वडा कार्यालयलाई जिम्मा दिने निर्णय भएको मन्दिरका पुजारी चौधरीले बताए । 
     

मूर्ति हस्तान्तरण गर्नुअघि सर्वसाधारण र स्थानीय जनप्रतिनिधिहरूको उपस्थितिमा तिनलाई सार्वजनिक गरिएको थियो । कार्यक्रममा अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ का वडाध्यक्ष पशुपति चौधरी, साविक सीतापुर गाविसका पूर्वअध्यक्ष सहवीर चौधरी, साविक हरिहरपुर गाविसका अध्यक्ष बद्रीनारायण चौधरी, राजनैतिक दलका प्रतिनिधि, सामुदायिक वनका पदाधिकारीको उपस्थिति थियोे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप