बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सिंहदरबारमा ४ घण्टा केन्द्रीय सुरक्षा समितिको बैठक

आइतबार, १० साउन २०७८, २० : १८
आइतबार, १० साउन २०७८

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा सिंहदरबारमा ४ घण्टा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । आइतबार गृह मन्त्रालयमा बसेको बैठकमा सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा र भावी चुनौतीबारे ब्रिफिङ गरेका थिए । 

बैठकमा समग्र सुरक्षाको वस्तुस्थितिबारे ४ घण्टा छलफल भएको छ । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले सुरक्षा वस्तुस्थितिको वर्तमान अवस्था र भोलि आउने चुनौतीबारे रिपोर्ट प्रस्तुत गरेका थिए । पछिल्लो समय साइबर सुरक्षाको चुनौती थप बढ्दै गएको अधिकारीले बैठकमा बताए । 

बाह्य पक्षबाट हुने साइबर आक्रमणलाई गृह मन्त्रालयले चुनौतीको रूपमा लिएर सतर्कता अपनाउने बारे छलफल गरिएको छ । वर्तमान सुरक्षा अवस्थाको समग्र वस्तुस्थितिबारे छलफल गरेर केन्द्रीय सुरक्षा समितिले विपद् व्यवस्थापनका लागी सरकारी संयन्त्रलाई थप चुस्त बनाउने निर्णय गरेको छ । 

कालोबजारी नियन्त्रण गर्ने र कोभिडको सम्भावित तेस्रो लहर रोकथाममा सक्रियता पूर्वक सुरक्षा संयन्त्रलाई परिचालन गर्ने निर्णय गरिएको छ । 

बैठकमा राष्ट्रिय सुरक्षाका आन्तरिक र बाह्य पक्षबाट हुने चुनौतीबारे लामो छलफल भएको बैठकमा सहभागी गृह मन्त्रालयका एक उच्च अधिकारीले रातोपाटीलाई बताए । 

बैठकमा गृह सचिव महेश्वर न्यौपाने, नेपाली सेनाका रथी प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, रक्षा मन्त्रालयका कामु सचिव आलोकचन्द्र श्रेष्ठ र गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाका प्रमुख लगायतका अधिकारी सहभागी थिए ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप