भारतमा चोरेका गाडी र मोटरसाइकल बेच्न काठमाडौंमा सैनिक कर्मचारीको सहयोग !
भारतमा चोरी गरेर भन्सार छल्दै काठमाडौं आइपुग्ने गाडी र मोटरसाइकल बेच्न सैनिक कर्मचारी नै संलग्न रहेको थाहा भएको छ । महानगरीय अपराध महाशाखाले चोरीका गाडीको नक्कली ब्लुवुक र नम्बर प्लेट राखेर चोरीका गाडी बेचेको आरोपमा नेपाली सेनाका जवान कृष्ण रोकाया उर्फ किसनलाई पक्राउ गरेको छ ।
नेपाली सेनाका जवान रोकाया र कञ्चनपुर घर भएका अर्जुन कठायतलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) चन्द्रकुवेर खापुङ्गले रातोपाटीलाई बताए । महाशाखाबाट खटिएको टोलीले रोकाया र कठायतले बेच्ने तयारी गरिरहेको अवस्थामा प्रदेश–३–७६२३ नम्बरको हुण्डाई कम्पनीको सेन्ट्रो कार बरामद गरेको छ ।
सैनिक जवान रोकाया कञ्चनपुरस्थित वाडीका हुन् । महाशाखाले सेन्ट्रो कारसँगै भारतबाट चोरी गरेर ल्याएका दुईवटा बुलेट र एउटा केटिएम ड्युक मोटरसाईकल बरामद गरेको छ । भारतबाट कैलालीको गौरीफन्टा नाका हुँदै ती मोटरसाइकल र गाडी काठमाडौं ल्याइएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
असार १४ मा प्रहरीले भारतबाट चोरेर ल्याएका दुईवटा क्रेटा गाडी र नक्कली ब्लुबुकसहित ३ जनालाई पक्राउ गरेको थियो । मोरङ घर भएका रेवतीरमण निरौला, मधुसुदन पाण्डे र कमलबावु पुरी भन्ने कमलबावु भट्टलाई पक्राउ गरेर प्रहरीले ५ बोरा नक्कली कागजात बरामद गरेको थियो ।
‘कमलबावु भट्टको समुह र अहिले पक्राउ परेकाहरुको बीचमा अन्तरसम्बन्ध देखिएको छ’ एसएसपी खापुङले रातोपाटीसँग भने– ‘चोरेर ल्याएका गाडी किनबेच गर्ने सो समूहबारे हामी अनुसन्धान गरिरहेका छौं ।’
३ वटा समूह सक्रिय
भारतबाट गाडी तथा मोटरसाइकल चोर्न र काठमाडौंमा बेच्नका लागि ३ वटा समूह सक्रिय रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । भारतमा चोर्ने समूहले चोरेर कैलालीको गौरीफन्टा नाका सम्म ल्याइदिन्छन् । कैलालीमा अर्को समूह छ । सो समूहले काठमाडौंसम्म ल्याउँछन् । काठमाडौंमा नक्कली कागजात बनाउने र बेच्ने काममा कमलबावु भट्ट र सैनिक जवान रोकाया सहितको समूह सक्रिय रहेको अनुसन्धानमा संलग्न महाशाखाका डिएसपी गंगा पौडेलले रातोपाटीलाई बताए । चोरीका गाडी बेच्ने समूहले हुण्डाई कम्पनीको क्रेटा गाडी २० देखि ३० लाख र बुलेट मोटरसाइकल २ लाख ३० हजारमा बेच्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
चोरीका गाडीमा अञ्चलीकरण भएर खालीरहेका नम्बर राखेर नक्कली कागजात तयार गरेको भेटिएको छ । खाली रहेको नम्बरको सूचना यातायात ब्यवस्था विभागका कर्मचारीबाट चुहिएको हुनसक्ने बताइएको छ । त्यसबारे पनि महाशाखाले अनुसन्धान शुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या