मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

मेरो पहिलो प्राथमिकता खोप : नवनियुक्त स्वास्थ्य राज्यमन्त्री

आइतबार, १० साउन २०७८, १८ : २४
आइतबार, १० साउन २०७८

नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता कोरोना विरुद्धको  खोपलाई दिने बताएका छन् । आइतबार स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएलगत्तै राज्यमन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् । 

राज्यमन्त्री श्रेष्ठले कोरोनाको तेस्रो लहरसँग जुध्नका लागि पूर्व तयारीलाई तिव्रता दिने समेत बताए । ‘महामारीसँग कसरी जुध्ने भन्ने विषयमा विज्ञ तथा विशेषज्ञसँग छलफल गछौं’ उनले भने, ‘व्यवस्थापकीय पक्षमा लामो समयसम्मको अनुभव छ मेरो, सबैसँग मिलेर महामारीसँग जुध्छौँ ।’

आफुलाई शिक्षा क्षेत्रसँगै स्वास्थ्य क्षेत्रको समेत जानकारी भएकाले स्वास्थ्य क्षेत्रलाई कुन तरिकाले अगाडि बढाउने भन्ने विषयमा तयारी गर्ने समेत राज्यमन्त्रीले बताए ।  प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले आइतबार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेकी हुन् । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप