मेरो पहिलो प्राथमिकता खोप : नवनियुक्त स्वास्थ्य राज्यमन्त्री
नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता कोरोना विरुद्धको खोपलाई दिने बताएका छन् । आइतबार स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएलगत्तै राज्यमन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् ।
राज्यमन्त्री श्रेष्ठले कोरोनाको तेस्रो लहरसँग जुध्नका लागि पूर्व तयारीलाई तिव्रता दिने समेत बताए । ‘महामारीसँग कसरी जुध्ने भन्ने विषयमा विज्ञ तथा विशेषज्ञसँग छलफल गछौं’ उनले भने, ‘व्यवस्थापकीय पक्षमा लामो समयसम्मको अनुभव छ मेरो, सबैसँग मिलेर महामारीसँग जुध्छौँ ।’
आफुलाई शिक्षा क्षेत्रसँगै स्वास्थ्य क्षेत्रको समेत जानकारी भएकाले स्वास्थ्य क्षेत्रलाई कुन तरिकाले अगाडि बढाउने भन्ने विषयमा तयारी गर्ने समेत राज्यमन्त्रीले बताए । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले आइतबार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीमा जङ्गली जनावरबाट पिडितलाइ राहत वितरण
-
चोटमुक्त हुँदै नेयमार : ब्राजिलका तारणहार बन्लान् वा पुरानै लयमा हराउलान् ?
-
पाकिस्तानी हवाई क्षेत्रमा छिर्यो एयर इन्डियाको विमान
-
अमेरिकामा अपराध गर्ने ग्रिन कार्डधारीलाई अब सहजै देश निकाला
-
२–३ घण्टामा मतदान प्रक्रिया सुरु हुन्छ : कविन्द्र बुर्लाकोटी
-
विष्णु पक्राउ प्रकरण : एमाले ‘पुनर्गठन’ अभियान नरोकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण