मेरो पहिलो प्राथमिकता खोप : नवनियुक्त स्वास्थ्य राज्यमन्त्री

नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता कोरोना विरुद्धको खोपलाई दिने बताएका छन् । आइतबार स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएलगत्तै राज्यमन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् ।
राज्यमन्त्री श्रेष्ठले कोरोनाको तेस्रो लहरसँग जुध्नका लागि पूर्व तयारीलाई तिव्रता दिने समेत बताए । ‘महामारीसँग कसरी जुध्ने भन्ने विषयमा विज्ञ तथा विशेषज्ञसँग छलफल गछौं’ उनले भने, ‘व्यवस्थापकीय पक्षमा लामो समयसम्मको अनुभव छ मेरो, सबैसँग मिलेर महामारीसँग जुध्छौँ ।’
आफुलाई शिक्षा क्षेत्रसँगै स्वास्थ्य क्षेत्रको समेत जानकारी भएकाले स्वास्थ्य क्षेत्रलाई कुन तरिकाले अगाडि बढाउने भन्ने विषयमा तयारी गर्ने समेत राज्यमन्त्रीले बताए । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले आइतबार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते