सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

सामाजिक सुरक्षा कोषसम्बन्धी रिट निवेदन अब पूर्ण इजलासले हेर्ने

आइतबार, १० साउन २०७८, १७ : ५१
आइतबार, १० साउन २०७८

बैंकका कर्मचारी र सामाजिक सुरक्षा कोष सम्बन्धी रिट निवेदन अब पूर्ण इजलासले हेर्ने भएको छ । अहिलेकै यथास्थितिमा सामाजिक सुरक्षा कोषमा सहभागी हुन नसक्ने भन्दै बैंकका कर्मचारीहरूले कोष विरुद्ध सर्वोच्च अदालतमा हालेको रिटमा न्यायाधीशहरूकै राय बाझिएपछि उक्त रिट पूर्ण इजलासमा पेश हुने भएको हो । 

न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलासमा आइतवार भएको सुनुवाइमा न्यायाधीशद्वयको राय नै अलग–अलग भएपछि अन्तरिम आदेशको टुंगो पूर्ण इजलासले लगाउने भएको हो । 

न्यायाधीश केसीले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी हुने आदेश गरे पनि न्यायाधीश श्रेष्ठले त्यसमा असहमति जनाउँदै अलग राय पेश गरेका छन् ।

 ‘माननीय न्यायाधीश तेजबहादुर केसीबाट अन्तरिम आदेश जारी गर्ने गरी भएको उपरोक्तानुसारको आदेशसँग सहमत हुन नसकी आफ्नो यो बेग्लै राय व्यक्त गरेको छु,’ न्यायाधीश श्रेष्ठले पेश गरेको रायमा भनिएको छ ।
बैंकका कर्मचारीहरूले सामाजिक सुरक्षा कोषमा जाने कुरालाई ऐच्छिक गर्नुपर्ने, बाध्यकारी व्यवस्था गरिए पनि अवकाश वा पेन्सनमध्ये एक रोज्न पाउनुपर्ने लगायतका व्यवस्था गर्नुपर्ने माग गर्दै आएका छन् ।

सामाजिक सुरक्षा कोषले यथास्थितिमा सहभागिताका लागि दबाब दिएपछि उनीहरूले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

यस्तो छ इजलासको पूर्णपाठ


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप