शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड संक्रमित पत्रकारलाई बीमा बापतको रकम हस्तान्तरण

आइतबार, १० साउन २०७८, १७ : ३७
आइतबार, १० साउन २०७८

मिसन मिडिया क्लबले पत्रकार महासंघ ललितपुरका सदस्य कोभिड संक्रमित पत्रकार अर्जुन पन्तलाई कोभिड विमा बापतको रकम हस्तान्तरण गरेको छ ।  महासंघ उपत्यका प्रदेश समिति र मिसन मिडिया क्लबका अध्यक्ष श्रीजन झाले प्रदेश समितिका कोषाध्यक्ष समेत रहेको पत्रकार पन्तलाई कोभिड विमा बापतको रकम हस्तान्तरण गरेको हो ।

त्यस्तै यसअघि क्लबले संक्रमित पत्रकारलाई जनही रू एकलाख रुपैया उपलब्ध गराउँदै आएकोमा यसपटक कोभिड–१९ दोस्रो लहरको उच्च जोखिमका कारण नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको बैठकको निर्णयानुसार समितिले स्थापना गरेको कोभिड पत्रकार राहत कोष प्रयोजनका लागि क्लबको तर्फबाट विमित पत्रकारसँग रु दश हजार कट्टी गर्दै विमा रकम हस्तान्तरण गरेको हो ।

प्रदेश समितिको प्रथम कार्य समितिमा महासचिवको जिम्मेवारी लिदै गर्दा झाको अगुवाइमा महासङ्घ उपत्यका प्रदेश समिति आवद्ध प्रदेश मातहत रहेका जिल्ला काठमाडौ, भक्तपुर र ललितपुरका ११९ पत्रकारको पत्रकार कोभिड बीमा’ गरेको थियो । चेक हस्तान्तरण कार्यक्रममा प्रदेश कार्यसमिति सदस्यद्धय प्रविन श्रेष्ठ , घनश्याम अधिकारी र फोटो पत्रकार अनुप प्रधानको उपस्थिती रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप